नियम ५७
सरकारी कर्मचारी खटाउन सकिने
(१) संरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यमा सहयोग पुर्याउन विभागले कम्तीमा एकजना राजपत्रांकित तृतीय श्रेणीको संरक्षण अधिकृत र आवश्यकता अनुसार थप प्राविधिक कर्मचारी खटाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खटिएका कर्मचारीहरूले परिषद््लाई देहाय बमोजिम सहयोग पुर्याउनु पर्नेछः–
(क) आवश्यक प्राविधिक तथा कानूनी राय, सुझाव उपलब्ध गराउने,
(ख) जैविक विविधताको संरक्षण र व्यवस्थापनसँग सम्बन्धित कुराहरूको अनुगमन गर्ने,
(ग) संरक्षण क्षेत्रभित्र रहेका वा पाइने वन्यजन्तुहरूको स्थितिको बारेमा तथ्याङ्क संकलन गर्ने,
(घ) प्राकृतिक स्रोत तथा सम्पदाहरूकोे संरक्षण तथा व्यवस्थापन कार्यमा सहयोग पुरयाउने,
(ङ) परिषद् र समितिले गरेका मुख्य मुख्य कार्यहरूको बारेमा विभाग समक्ष समय समयमा प्रतिवेदन पेश गर्ने, र
(च) यस नियमावली बमोजिम तोकिएका र नेपाल सरकारले समय समयमा दिएका अन्य निर्देशन कार्यान्वयन गर्न सहयोग गर्ने
गराउने ।